Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरको बौदीकालीमा सबै भन्दा कम बजेट

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ १८ | मध्यान्ह १२:०२ बजे

बुलिङटार । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ । अर्थमन्त्री शर्माले घोषणा गरेसँगै अब स्थानीय तहहरुले हस्तान्तरण भएर गएको रकम समेतलाई जोडेर आफ्नो छुट्टै बजेट ल्याउने छन ।

arkhala ads

सरकारले पूर्वी नवलपुरका ८ स्थानीय तहमा गरेर जम्मा ३ अर्ब २९ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यो मध्ये सबैभन्दा धेरै सदरमुकाम समेत रहेको कावासोती नगरपालिका र सबैभन्दा कम बौंदीकाली गाउँपालिकामा विनियोजन गरेको छ ।

नवलपुरको बौदीकाली गाउँपालिकमा सबैभन्दा कम बजेट बिनियोजन भएको छ । बौदीकाली गाउँपालिकाका लागीे बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ ८ करोड २४ लाख, ससर्त अनुदान तर्फ १७ करोड ३७ लाख गरि जम्मा २५ करोड ६१ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ २३ करोड ८१ लाख र पुजीगत खर्च तर्फ १ करोड ८० लाख रहेको छ ।

बुलिङटार गाउँपालिका

बुलिङटार गाउँपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ ८ करोड ८६ लाख, ससर्त अनुदान तर्फ २० करोड ३४ लाख, विशेष अनुदान तर्फ २ करोड ८ लाख गरि जम्मा ३१ करोड २८ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ २८ करोड ९१ लाख र पुजीगत खर्च तर्फ २ करोड ३७ लाख रहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved