Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बतास समुहलाई फेरि नसोचेको झट्का, अदालतको आदेशले छट्पटी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ १८ | मध्यान्ह ०८:०२ बजे

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको पशुपति धर्मशाला भाडामा लिएको बतास समूहलाई झट्का लागेको छ । कोषले धर्माशाला करार सम्झौताअनुसार संचालनमा नआएको पाइएपछि सम्झौता रद्द गरेको थिए । उक्त सम्झौता रद्द गरेको विषय जिल्ला अदालत काठमाडौँले सदर गरिदिएपछि बतास समूहलाई झट्का लागेको हो ।

न्यायाधीश विनोद कुमार पोखरेलको एकल इजलासले कोषको निर्णय सदर गर्दै सोही अनुसार कार्यान्वयन गर्न आदेश दिएको छ । कोषले सम्झौता रद्द गरेपछि बतास समूहले जिल्ला अदालत काठमाडौँमा संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्रालय, मन्त्री प्रेम आलेसहित पशुपति क्षेत्र विकास कोषका विरुद्धमा मुद्धा दर्ता गरेको थियो ।

arkhala ads

तत्कालिन अवस्थामा अदालतले एकपक्षीय रुपमा सम्झौता रद्द भएको निर्णय कार्यन्वय नगर्न अन्तरिम आदेश दिएको थियो । बुधबार उक्त अन्तरिम आदेश उल्ट्याउँदै सम्झौता रद्दको निर्णय कार्यन्वयन गर्न आदेश दिएको हो ।

‘मुलुकी देवानी संहिता, २०७४ को दफा ५३८ एवं ५४० समेतलाई आधार बनाई करार भंग भईसकेको अवस्थामा प्रस्तुत मुद्दा मिति २०७८–१२–२४ मा दायर हुन आएको र ऐ.दफा ५३५ को उपदफा (३) का साथै दफा ५४० को उपदफा (२) को (ङ) बमोजिम करार उलंघन भई करार नै बदर, भईसकेको अवस्थामा करारको परिपालना गराउन एक पक्ष बाध्य हुन सक्ने देखिदैन । तसर्थ प्रतिवादी पक्षबाट करार भंग गरिसकिएको स्थितिलाई बादी पक्ष समेतले स्वीकार गरी रहेको पाइन्छ । तसर्थी भंग भईसकेको करारलाई यथावत पालना गर्न मिल्ने अवस्था कानूनत देखिन आएको स्थिति नभएबाट मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम जारी भएको अन्तरकालीन आदेश कायम रहन सक्ने देखिएन । अतः उक्त आदेश बदर गरी दिइएको छ। कानून बमोजिम गर्ने ।’ अदालतको आदेशमा भनिएको छ ।

सम्झौता अनुसार काम नभएकापछि कोषले गएको चैत्र १२ गते सम्झौता रद्द गरेको थियो । सम्झौता रद्द भएपछि अब बतासले पशुपति धर्माशाला छोड्न पर्ने छ । साभार मोटिभेट न्युज

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved