बर्दिया, जेठ १९ । बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका-३ भगरैयाका ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।




कामीले ती बालिकालाई माछा मार्न गएका बेला सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



















