- बुलिङ्टार प्रेस
- चितवन १९ जेठ ।
हिजो साँझ पूर्वी चितवनकाे खैरहनीमा नगरपालिकामा करिब ८:३० बजे भारतीय नम्बर प्लेटकाे कारले माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।




मृत्यु हुने व्यक्ति चितवन कालिका नगरपालिका-४ घर भइ हाल खैरहनी -८ मा बस्दै आएका २१ वर्षीय विश्वास गुरूङ रहेकाे चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । पूर्वबाट पश्चिम नारायणगढतर्फ आउँदै गरेकाे जेएच ०१ डीएक्स ७७४९ नम्बरकाे भारतीय कारले विपरीत दिशाबाट आउँदै गरेकाे प्रदेश ०३-००५ प २६६० नम्बरकाे माेटरसाइकललाई ठक्कर दिएकाे चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिनुभएको हो ।




कारका चालक भारत बिहार राज्य पश्चिम चम्पारण जगदिशपुर-४ बस्ने ३५ वर्षीया आलाेककुमारलाई इलाका प्रहरी खैरहनीले नियन्त्रणमा लिएकाे डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।















