- बुलिङटार प्रेस
- देवचुली १९ जेठ ।
देवचुली झांक्रे स्थित भित्रि सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी २ जना घाइते भएका छन् ।




देवचुली नगरपालिका वडा नं.४ झांक्रे स्थित भित्रि सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा. प्र. ०३–००२प ४९३८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको ना ४५ प ७१२ नं को मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा परी दुवै मोटरसाइकलका चालक देवचुली नगरपालिका बस्ने २७ वर्षीय जिवन सोतीको अनुहारमा र २७ वर्षीय होम बहादुर कुँवरको टाउकोमा चोट लागेको छ ।




घाइते दुवै जनालाई पुरानो मेडिकल कलेज भरतपुर इलाका प्रहरी कार्यालय रजहरले बताएको छ ।















