Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

शैक्षिकसत्र सुरू भयो, तर लमजुङमा ‘पाठ्यपुस्तक छैन’

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २० | बिहान ०७:०२ बजे

बुटवल । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ। नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको हो।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ। हालसम्म पाँचवटा किताब किन्न पाए पनि चारवटा किताब अझै नपाउँदा अध्ययनमा समस्या भइरहेको उनले गुनासो गरे।

arkhala ads

उनी मात्र होइन, उनी जस्ता जिल्लाका हजारौँ विद्यार्थीको दुःखेसो पनि उस्तै छ। करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावितपश्चात सुरू हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावमा प्रभावित हुँदा विदार्थी चिन्तित बनेका छन्।

समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर विद्यार्थीको भविष्यमाथि नै खेलबाड गरेको विद्यार्थीको भनाइ छ। जिल्लामा पाठ्यपुस्तक अभावका कारण विद्यार्थीलाई मात्र नभई शिक्षक शिक्षिकालाई समेत समस्या बनाइरहेको छ।

सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको शिक्षकको भनाइ छ।

बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भने, ‘पठनपाठन सुरू भएको यतिका समय हुँदासमेत अझै किताब उपलब्ध नहुँदा विद्यार्थीलाई मात्र नभई शिक्षकलाई समेत समस्या भइरहेको छ। पुराना किताब खोज्ने र त्यसैबाट अध्यापन गराउन थाले पनि कक्षा ४, ७ र ९ का विद्यार्थीलाई भने नयाँ कोष भएकाले बढी समस्या भइरहेको उनको भनाइ छ।

त्यस्तै यसै नगरपालिका–७ चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु थापाका अनुसार पुस्तक पसलमा किताब उपलब्ध नहुँदा विद्यालयसम्म आवश्यकतानुसार विद्यार्थीले किताब पाएका छैनन्। जेठ ४ गतेदेखि पठनपाठन सुरु गरिएकामा किताब अभाव भएकाले विद्यार्थीलाई पढाइमा थप समस्या भइरहेको उनले भने।

गत स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ गर्दा जिल्लामा समयमै किताब उपलब्ध हुन नसक्दा विद्यार्थी दैनिक सयौँ सङ्ख्यामा किन्न आउने र रित्तै फर्किने गरेको पुस्तक पसलका सञ्चालकको भनाइ छ।

केही–केही विषयका आए पनि सबै विषयका पाठ्यपुस्तक उपलब्ध नभएको बताइएको छ। शिक्षा विकास तथा समन्वय एकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयमा पाठ्यपुस्तक अभाव भएको चर्को गुनासा आइरहेता पनि समाधान भने हुनसकेको छैन।

केही विद्यालयले पुराना किताबबाट पठनपाठन गरेका छन् भने, इन्टरनेटको सुविधा भएको विद्यालयमा इन्टरनेटबाट खोजेर समेत पढाउने गरेपनि दुर्गमका विद्यार्थीहरूलाई बढी समस्या भइरहेको उनको भनाई छ।

जतिसक्दो आवश्यक किताब जिल्लामा उपलब्ध गराउनका लागि पहल गरिरहेको समेत उनले भने।

जिल्लााम सामुदायिक विद्यालय ३३६ वटा तथा निजीतर्फ ३३ वटा विद्यालय रहेका छन्। विसं. २०७८ सम्मको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयतर्फ २५ हजार ८१० विद्यार्थी रहेका छन् भने, निजितर्फ ८ हजार ४९२ जना रहेका छन्।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved