नवलपुर,जेठ २० । महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि आइतबार ६ घण्टा सडक अवरुद्ध हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी जेठ २२ गते विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा सडक अवरुद्ध हुने जनाएको हो ।




चोरमारास्थित गिरुवारी खोलामा रहेको पुलको बीचमा परेको प्वाल कारण यातायात संचालन गर्न अत्यन्तै जोखिम देखिएकाले तत्काल मर्मत काॠ गर्नका लागि जेठ २२ गते विहान ८ बजेदेखि दिउँसो २ बजेसम्मलाई पुलमा साना तथा ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको नवलपुर प्रशासनले जनाएको छ । एम्बुलेन्सलाई भने सो अवधिमा रोक लगाइएको छैन ।




नवलपुरका झण्डै ५० बर्ष पुराना पुलहरु अत्यन्तै जीर्ण अवस्थामा रहेका छन् । पुलहरु बेलाबेलामा मर्मत गरेर पुन सञ्चालनमा ल्याउने गरिएको छ ।
















