Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रेस काउन्सिलले नेपाल आज डटकमलाई सूचीकरणबाट हटायो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २१ | बिहान ०८:०२ बजे

काठमाडौ । प्रेस काउन्सिल नेपालले ‘नेपाल आज डटकम’लाई सूचीकरणबाट हटाएको छ । शुक्रबार बसेको आचारसंहिता अनुगमन उपसमिति बैठकले कालोसूचीमा राखेर सुध्रिने अवसर दिँदा पनि नसुध्रिएको भन्दै सूचीकरणबाटै हटाउने निर्णय गरेको हो ।

‘काउन्सिलले कालोसूचीमा राखी सुध्रने अवसर प्रदान गरे पनि कुनै सुधार नआएको, काउन्सिललाई अवज्ञा गरी आधारहीन, वैयक्तिक चरित्र हत्या गर्ने, मानहानि गर्ने समाचार निरन्तर सम्प्रेषण गर्दै आएकोसमेत देखिएको हुँदा उक्त अनलाइन सञ्चारमाध्यमलाई सूचीकरणबाट हटाउने र नेपाल पत्रकार महासंघलगायत सम्बद्ध संघसंस्थासँग छलफल गरी थप कारबाही गर्ने निर्णय भएको छ,’ काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

arkhala ads

सञ्चालक माधवप्रसाद गुरागाईंले एक महिला पत्रकारविरुद्ध हिंसा, ज्यादती, मानसिक यातना दिँदै आएको तथा दैनिक ५०औँ पटक फोन गरेर धम्की दिने गरेको भनेर उजुरी दर्ता भएपछि उक्त अनलाइनलाई सूचीकरणबाट हटाएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न विषयमा पटक–पटक संदिग्ध समाचार तथा समाचार सामग्री सम्प्रेषण भएको विषय स्वअनुगमनबाट समेत देखिएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलका अनुसार नेपाल आज डटकमलाई पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ७ (१) (ग) बमोजिम कारबाही भएको हो । ‘उक्त अनलाइनविरुद्ध काउन्सिलमा विगत दुई वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ‘ल्यान्डलाइन’बाट पटक–पटक फोन गरी हैरानी दिने गरेको, गलत र अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवार रूपमा प्रायोजित एवं एकपक्षीय सामग्रीहरू सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्र हत्या हुने किसिमबाट पत्रकारिताको न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको, आफ्ना माग पूरा नभए विनाआधार चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गरेको भनी मौखिक एवं लिखित गुनासाहरू छन्,’ काउन्सिलले भनेको छ ।

यसअघि काउन्सिलले उजुरी र गुनासाका आधारमा अनुगमन गरी आचारसंहिता उल्लंघनका विषयमा पटक–पटक निर्देशन दिए पनि अटेर गरेर आचारसंहिताविपरीतका सामग्रीहरू पटक–पटक सम्प्रेषण गरेपछि १३ फागुनमा कालोसूचीमा राखेको थियो । उक्त अनलाइनलाई प्रेस पास तथा अन्य सेवा–सुविधा उपलब्ध नगराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई सिफारिससमेत गरेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved