Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जलवायु परिवर्तनबाट नेपालजस्ता मुलुक बढी प्रभावित: प्रधानमन्त्री देउवा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • जेष्ठ २२, आईतवार ०६:५० बजे प्रकाशित

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन्।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेको बताएका छन्। यसले समग्र विश्व नै ठूलो वातावरणीय सङ्कटबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सिमान्तकृत समुदाय बढीमात्रामा प्रभावित भइरहेका उल्लेख गरेका छन्।

arkhala ads

वातावरणीय समस्यासँग जुध्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झकझकाउने उनले अपेक्षा गरेका छन्।
यस सन्दर्भमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै सरकारका तीन तहमा थप नीतिगत समन्वय, रणनीतिक मार्गदर्शन तथा कार्यक्रममा तादात्म्य कायम गरेर अघि बढ्न आवश्यक रहेको देउवाको भनाइ छ।

प्रधानमन्त्री देउवाले हालै बेलायतको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न सम्बन्धित सबै निकायको सक्रियता र समन्वय आवश्यक रहेको समेत उल्लेख गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ। यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदै छ।

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापनः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदै छ। प्रधानमन्त्री देउवाले यस अवसरमा वातावरण संरक्षणको कार्यमा संलग्न सबै व्यक्ति, संस्था एवं विकास साझेदारमा शुभकामना व्यक्त गर्दै यस अभियानमा आआफ्नो ठाउँबाट योगदान पुर्‍याउन सबैलाई आह्वानसमेत गरेका छन्।

वातावरण संरक्षणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘केवल एक पृथ्वी’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जीउनयोग्य एकमात्र ग्रह पृथ्वीको वैशिष्टय र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको उनले उल्लेख गरेका छन्। यस वर्षका लागि तय गरिएको विश्व वातावरण दिवसको नाराको मर्मअनुरूप वातावरणमैत्री व्यवहार र आचरणको अवलम्बन गर्दै सबैको अस्तित्वको एकमात्र आधार पृथ्वीको संरक्षण गर्न यस दिवसले प्रेरणा मिलोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन्।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_7099

बुलिङ्टारको श्री जनजागृति माविमा पनि ‘विद्यार्थीसँग अध्यक्ष...

  • असार ६, शनिबार ११:३७ बजे प्रकाशित
IMG_7000

बुलिङ्टारमा ‘विद्यार्थीसँग अध्यक्ष कार्यक्रम’ सम्पन्न; कक्षा ८...

  • असार ६, शनिबार ०८:५२ बजे प्रकाशित
20260619_152525

बुलिङटारको जन जागृति माविद्वारा वाली विज्ञानमा शत-प्रतिशत...

  • असार ५, शुक्रबार ०३:३४ बजे प्रकाशित
20260617_115833

भाइरल भिडियो प्रकरणमा नयाँ मोड: आरोपित पक्राउ

  • असार ३, बुधबार १२:०७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved