Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रुपन्देही बस दुर्घटना अपडेट : आठजनाको सनाखत, एकको मात्रै बाकी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २२ | मध्यान्ह ०६:०२ बजे

बुटवल, जेठ २२ । रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटना हुँदा मृत्युु भएका नौ जनामध्ये आठजनाको सनाखत भएको छ । मृतकमध्ये एक पुरुषबाहेक अरू आठजनाको सनाखत भएको हो ।

मृत्यु हुनेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–२, योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, तिलोत्तमा–८ की ३७ वर्षीया तुलसी पौडेल, बुटवल –११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे, रौतहटका २० वर्षीय दिनेश दास र भारत घर भएका नागेन्द्र शर्मा, अरविन्द्र शर्मा र सञ्जय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

arkhala ads

बसमा दुई चालक र एक सहचालकसहित ३३ जना सवार थिए । तीमध्ये २५ पुरुष, ६ महिला र दुई बालिका थिए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ । घाइते सबैको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । यसअघि भीम अस्पतालमा उपचाररत घाइतेलाई पनि अहिले मेडिकल कलेज ल्याइएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रुपन्देहीस्थित रोहिणी खोलाको पुलबाट खसेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved