कावासोती । पूर्वी नवलपरासीमा आइतबार बेलुकी ५ बजे परेको वर्षासँगै आएको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।




मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका वडा नं ६, भण्डाराका ६० वर्षीय डिल्लीराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




चट्याङ लागेर घाइते भएका थारुको उपचारको क्रममा बेलुकी ५ः५० बजे मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ज्यान गएको प्रहरीले जनाएको छ ।















