Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बाँदरमुढे घटनाको आज १७ वर्ष : पीडितले अझै न्याय पाउन सकेन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • जेष्ठ २३, सोमबार ०८:०२ बजे प्रकाशित

चितवन,जेठ २३ । १७ वर्षअघि आजकै दिन अर्थात् वि.सं.२०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा भयानक घटना भयो । जुन घटनाले अहिले पनि माडीवासीलाई सशंकित तुल्याउँछ ।

गोविन्दबस्ती बगई (माडी)बाट भरतपुरका लागि छुटेको यात्रुवाहक बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी)ले बाँदरमुढे खोलामा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भयो । घटनामा ७२ जना घाइते भए भने तीमध्ये ४ जनाको उपचारका क्रममा निधन भयो । यही हृदयविदारक घटनाले वर्षेनी उक्त घटनामा परेका परिवारले आँशु बगाउन बाध्य छन् । घटना गराउने नेकपा (माओवादी) युद्धपछि शान्ति प्रक्रियामा सामेल हुँदै मूलधारको राजनीतिमा आइसकेको छ । त्यसलगत्तै निरन्तर सत्तामै रहेको माओवादीले घटनाबारे सत्य–तथ्य छानबिन गरि दोषीले सजाय नदिँदा पीडितहरु झन् पीडित बनेका छन् ।

arkhala ads

यसबीचमा पटक–पटक पीडितका परिवारहरुसँग वार्ता र सहमति भयो तर ती सहमति कागजमै सीमित बने । बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले घटना हुँदा पीडितको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै रहेको बताउनुहुन्छ । ‘घटना भएको १७ वर्ष पुग्दा पनि पीडित परिवारमा कुनै परिवर्तन आएन, घटनाको दोषीलाई कारबाही पनि भएन, पीडितले क्षतिपूर्ति र न्याप पनि पाएनन्’–अधिकारीले भन्नुभयो ।

पहिलोपटक २०६४ सालमा माओवादी सरकारमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको फूलबारीमा बसेर पीडित परिवारसँग छलफल गर्नुभएको थियो । त्यसबेला उहाँले ठूलो प्याकेज लिएर आउने आश्वासन दिलाउनुभएको थियो । तर, अहिलेसम्म पीडित परिवारले त्यो कस्तो ठूलो प्याकेज भनेर हेर्न पनि पाएका छैनन् । सोही बैठकमा समेत सहभागी हुनुभएका अधिकारीले भन्नुभयो, ‘त्यतिबेला संसारलाई नै चकित हुने गरि ठूलो प्याकेज लिएर आउँछु भन्नुभयो, तर, त्यो कस्तो प्याकेज, कहिले आउँछ हामीलाई थाहा छैन, १७ वर्ष पूरा हुँदा पनि प्याकेजबारे अन्यौल छौं ।’

अध्यक्ष दाहाल २०७४ सालको निर्वाचमा चितवन क्षेत्र नं.३ बाट निर्वाचन लड्नुभयो । त्यही क्षेत्रमा पर्ने ठाउँ हो माडी । त्यतिबेला कम्युनिष्ट एकता भन्दै माओवादीले एमालेसँग गठबन्धन गरेर चुनाव लडेको थियो । चुनावको बेलामा उहाँले पार्टी निकट रहेका पीडितहरुलाई लिएर सहमति गर्नुभयो । तर उहाँको त्यो सहमति पनि पालना हुन सकेन ।

त्यतिबेला तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्ने मध्येका एक हरि न्यूरे ‘सुदिप’ले सहमति पत्रमा हस्ताक्षर गरेर धोका पाएको बताउनुहुन्छ । दिदी डिला निउरे र भाञ्जा निश्चल सापकोटालाई गुमाउनुभएका न्यूरेले भन्नुभयो, ‘धेरै आश गरेर सहमति गरेका थियौं, तर त्यो सहमति पालना भएन, पहिले हाम्रो अवस्था जस्तो थियो अहिले पनि त्यस्तै छ ।’ त्यतिबेला मृतकका आश्रित परिवारका लागि, घाइतेहरुको अवस्था हेरि र घटनास्थलमा पार्क बनाउने गरि तीन बुँदामा सहमति भएको थियो । ‘आश्रितको परिवारका लागि पनि केही प्याकेज पनि आएन, पार्क पनि बनेन’ न्यूरेले भन्नुभयो, ‘पीडितले पीडा भुल्ने गरि कुनै पनि काम भएको महसुस गर्न पाएनन् ।’

आज बाँदरमुढे क्षेत्रमा स्मृति सभा

बाँदरमुढे घटना भएको १७ वर्ष पूरा भएको सन्दर्भमा माडी–६, बाँदरमुढे स्मारक क्षेत्रमा स्मृति सभा, लक्ष्यदीप प्रज्वलन एवं अखण्ड संकीर्तन कार्यक्रम हुँदैछ । बाँदरमुढे घटना पीडित समितिको आयोजना तथा एड्भोकेसी फोरम नेपालको सहयोगमा सोमबार स्मृतिसभा हुन लागेको हो । सो कार्यक्रममा मानव अधिकारकर्मी कनकमणी दीक्षित, सुशील प्याकुरेल र अर्जुन ढकालको सहभागिता रहने आयोजक समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी विश्व हिन्दु महासंघले बाँदरमुढे स्मारक क्षेत्रमा धार्मिक कार्यक्रम आयोजना गरेको छ । घटनामा परी दिवंगत व्यक्तिहरुको स्मृतिमा लक्ष्यदीप प्रज्ज्वलन, अखण्ड संकीर्तन र सत्संग कार्यक्रम हुन लागेको सो संस्थाले जनाएको हो । साभार नारायणी अनलाईन

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_7099

बुलिङ्टारको श्री जनजागृति माविमा पनि ‘विद्यार्थीसँग अध्यक्ष...

  • असार ६, शनिबार ११:३७ बजे प्रकाशित
IMG_7000

बुलिङ्टारमा ‘विद्यार्थीसँग अध्यक्ष कार्यक्रम’ सम्पन्न; कक्षा ८...

  • असार ६, शनिबार ०८:५२ बजे प्रकाशित
20260619_152525

बुलिङटारको जन जागृति माविद्वारा वाली विज्ञानमा शत-प्रतिशत...

  • असार ५, शुक्रबार ०३:३४ बजे प्रकाशित
20260617_115833

भाइरल भिडियो प्रकरणमा नयाँ मोड: आरोपित पक्राउ

  • असार ३, बुधबार १२:०७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved