Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

यिनै हुन प्रहरीको अश्रुग्यास र गोली प्रहारबाट मृत्यु भएकी नबिना चौधरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • जेष्ठ २५, बुधबार १२:१५ बजे प्रकाशित

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा वन्यजन्तु पीडित स्थानिय प्रदर्शनकारी माथी प्रहरीद्वारा हस्तक्षेप गरि अश्रुग्यास र गोली प्रहारबाट मृत्यु भएकी नविना चौधरीको मृत्युले निशब्द बनाएको छ ।

२०७९ जेठ २३ गते कक्षा १२ को परीक्षा सकेर घर फर्कदै थिइन् उनी । बर्दिया जिल्लामा निरन्तर रुपमा बाघको आक्रमणबाट स्थानीय बासिले ज्यान गुमाउनु परेको छ । यो घटना स्थलका बासिन्दाको मात्र नभई बर्दिया बासिको साझा समस्या हो । यस विषयमा सबै सरोकारवाला पक्ष गम्भीर हुन आवश्यक हुनुका साथै बन्यजन्तु पीडितहरुको बारेमा राज्यको यथेष्ट ध्यान जान जरुरी छ ।

arkhala ads

त्यसैगरी गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गोली लागि एक किशोरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । गृहले मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । ‘घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा देहाय बमोजिम समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ गृहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घिमिरे संयोजक रहेको समितिका सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक वेद कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव बहादुर खड्का रहेका छन् ।घटनाअनुसार सोमबार विहान ८ः५० बजे बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.२ सोनाहा बस्ने अन्दाजी वर्ष ४१ की अस्मिता थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते अस्मितालाई उपचारको लागि नेपालगञ्ज तर्फ पठाइएको थियो ।

त्यसपछि बाघको आ क्रमण नियन्त्रण गरिनु पर्ने, तारजालीको व्यवस्था हुनु पर्ने लगायतका विभिन्न माग राखी स्थानीयहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले हुलाकी सडक–खण्डमा अवरोध गरेका थिए । दिउँसो ३ः४५ बजे बर्दिया राष्ट्रिय निकुञ्जबाट रेजर र सुरक्षाकर्मी सहितको टोली बाघ नियन्त्रणको लागि घटनास्थलतर्फ खटिएको थियो । सुरक्षाकर्मीहरुबाट अवरुद्ध राजमार्ग खुलाउनका लागि आवश्यक समन्वय भइरहेको अवस्थामा बेलुका ६ः१५ बजेतिर आक्रोशित भीडले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्याँस प्रयोग गर्दा समेत स्थिति नियन्त्रणमा आउन नसकेपछि हवाई फायर खोल्ने क्रममा स्थानीयवासी दुलारे थारुको छोरी नबिना थारुलाई गोली लागेको थियो । घाइते नबिनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी २० जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइते एक जना स्थानीयवासीको नेपालगञ्ज नर्सिङ्ग होममा उपचार भइरहेको छ । सोही घटनाको छानबिन गर्न गृहले छानबिन समिति गठन गरेको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_7099

बुलिङ्टारको श्री जनजागृति माविमा पनि ‘विद्यार्थीसँग अध्यक्ष...

  • असार ६, शनिबार ११:३७ बजे प्रकाशित
IMG_7000

बुलिङ्टारमा ‘विद्यार्थीसँग अध्यक्ष कार्यक्रम’ सम्पन्न; कक्षा ८...

  • असार ६, शनिबार ०८:५२ बजे प्रकाशित
20260619_152525

बुलिङटारको जन जागृति माविद्वारा वाली विज्ञानमा शत-प्रतिशत...

  • असार ५, शुक्रबार ०३:३४ बजे प्रकाशित
20260617_115833

भाइरल भिडियो प्रकरणमा नयाँ मोड: आरोपित पक्राउ

  • असार ३, बुधबार १२:०७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved