Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बर्दिया गोली काण्ड : प्रहरीलाई कारबाही गर्ने सहमति, नविना चौधरीको सालिक पनि बनाइने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २५ | मध्यान्ह ०३:०२ बजे

बर्दिया । बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार नविना थारुको मृत्यु भयो। उनको शव गुलरिया अस्पतालमा राखिएको छ। बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा भएको प्रहरी दमनबारे स्थानीय प्रशासनसँग सर्वपक्षीयरुपमा ५ बुँदे सहमति भएको छ।

तर, सो सहमति मृतकका परिवारले अस्वीकार गरेका छन्। पीडित परिवारलाई तत्काल राहत दिने, घटनाबारे न्यायिक छानविन समिति बनाउने र गोली चलाउनेलाई कारबाही गर्ने सहमति भएको छ। सर्वपक्षीय छलफलबाट मृतकको सालिक बनाउनुपर्ने माग भएपछि मधुवन नगरपालिकाले सालिक बनाउने सहमति गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए।

arkhala ads

सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन्। अस्मितालाई बाघले आक्रमण गरेपछि स्थानीयले बाघ आतंक रोक्न गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो। झडपमा परेर ९ जना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएका छन्। घाइतेलाई सरकारले उपचार गर्ने सर्वपक्षीय सहमति भएको छ। आक्रमणकारी बाघलाई राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिने पनि सहमति भएको छ।

स्थानीय राजनीतिक दलहरु र जिल्ला प्रशासन कार्यालयको बिचमा भएको सहमती पीडित पक्षले अस्विकार गरेका छन्। पीडितलाई सहमति गर्ने प्रयास भइरहेको प्रजिअ बास्तोलाले बताए। प्रहरीको गोली लागेर नविनाको मृत्यु भएपछि लुम्बिनी प्रदेशका डिआईजी नल प्रसाद उपाध्याय घटनास्थलमा पुगेका छन् मृतकको टाउकोमा चोट लागेको छ। उनको पोष्टमार्टम हुन बाँकी छ। पीडित परिवार सहमत भएपछि पोष्टमार्टम गरिने लुम्बिनी प्रदेशका डिआईजी नल प्रसाद उपाध्यायले यस अनलाइनलाई बताए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved