चितवन, जेठ २५ । चितवनमा जन्ती सवार बस दुर्घटनामा परेको छ । रत्ननगर नगरपालिका टाँडी स्थित लौरी घोलमा बस दुर्घटनामा परेको हो ।




रत्ननगरको हरिहर मन्दिरमा विवाह सकेर जन्ती लिएर खैरहनीतर्फ फर्कदै गरेको ना ५ ख ६४३ बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।




दुर्घटनामा चार÷पाँच जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।















