बुटवल । चितवनको राप्तीमा बस दुर्घटना भएको छ । नारायणगढबाट बिरगन्ज जाँदै गरेको बस राप्ती नगरपालिका – ६ हर्दीमा दुर्घटना भएको हो ।




नारायणगढबाट विरगंजतर्फ जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् ।




घाइतेको स्थानीय अस्पताल र भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहको छ । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।















