Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अमेरिकी जर्नेल फ्लिन काठमाडौंमा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २७ | बिहान ०७:०२ बजे

काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आएका छन्। चारदिने औपचारिक नेपाल भ्रमणका क्रममा फ्लिन इन्डियो एयरलाइन्सबाट नयाँदिल्ली हुँदै बिहीबार काठमाडौं आइपुगेका हुन्। नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा नै उनको नेपाल भ्रमण भएको बताइएको छ।

वर्षगाँठकै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मा पनि असार अन्तिम साता अमेरिका भ्रमणको तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ। यद्यपि मिति भने टुंगिसकेको छैन। जर्नेल फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्र प्रमुखको रूपमा कार्यरत छन् । सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जर्नेल फ्लिनको भ्रमण सद्भावना भ्रमण मात्र रहेको बताएका छन्।

arkhala ads

फ्लिनले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्ने कार्यक्रम तय भएको छ। सैनिक मुख्यालयमा जर्नेल फ्लिनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ। सम्मानपश्चात् प्रधानसेनापति शर्मा र जर्नेल फ्लिनले भेटवार्ता गर्ने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार जर्नेल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने र सगरमाथा आधार शिविर जाने कार्यक्रम पनि रहेको छ। फ्लिनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको अवलोकन गर्ने छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved