तनहुँ, जेठ २८ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।




मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोलाका ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।




उनका अनुसार विकको शव बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा फेला परेको थियो ।















