चितवन, जेठ २८ । चितवनको टिकौली जंगलमा एक जना पुरुष मृत भेटिएका छन् । चितवनको भरतपुर महानगरपालिका -१२ स्थित टिकौली जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको हो।




मृतक भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनलाई आज बिहान ८ बजे सो जंगलमा झुढिडएको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।




प्रहरीले मृतकको नाम गोप्य राखेको छ। मृतकले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ। शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।















