Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

महानगरपालिकाको विशेष सहयोगमा १५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २९ | मध्यान्ह ०८:०२ बजे

काठमाडौं, जेठ २९ गते । काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा संचालन भएको १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ । नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौं शाखाको आयोजनामा भएको तालिममा ५७ जना प्रशिक्षाथी सहभागी हुनुहुन्थ्यो।

अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, बाल मनोविज्ञान, आचारसंहिता, समाचार र फिचर लेखनको विषयमा तालिम केन्द्रित थियो। तालिममा भाषागत शुद्धताको विषयमा वेदबहादुर राना मगरले प्रशिक्षण दिनुभयो। १५ दिनसम्म चलेको तालिममा सुरेश किरण मानन्धर, प्रमिला मानन्धर, केपी ढुंगाना, शोभा महर्जन बज्राचार्य, मनोजरत्न शाहीलगायतले प्रशिक्षण दिनुभयो।

arkhala ads

समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले पत्रकारितामा इमान्दारिताको खाँचो रहेको औल्याउनुभयो। प्रशिक्षार्थीको तर्फबाट धारणा राख्दै सुनिता तुलाधर शिल्पकारले प्रशिक्षणमा धेरै कुरा सिक्न पाएको बताउनुभयो। ‘हामी खाली गाग्री भएर आएका थियौं, खाली गाग्रीमा ज्ञानका कुरा भर्न पाएका छौँ।’

समापन कार्यक्रममा बोल्नुहुँदै आयोजक नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौंका अध्यक्ष अर्विन्द्रमान सिंहले तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई धन्यवाद दिनुभयो।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved