चितवन, जेठ २९ । पूर्वीचितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय पैदलयात्री ४२ वर्षकी सेतीमाया घलान रहेको छ भने, स्थानीय ५५ वर्षीया राधीका बोटे गम्भिर घाईते भएकी छन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएको छ ।




उनिहरुलाई आइतबार अपरान्ह ५ः४० बजेको समयमा मगरटोलबाट गैरीबारी रिसोर्टतर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारले ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ । ठक्कर दिने कार चालक फरार रहेका छन् भने कार इलाका प्रहरी कार्यालय चितवन टाँडीको नियन्त्रणमा रहेको छ ।



















