बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्रीलाई मानसिक पीडा भएपछि एक्कासि बेहोस भएको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दाङबाट उपचारका लागि राति करिब १२ बजे बुटवल प्रादेशिक अस्पतालमा लिएर उपचार गराइएको थियो । हाल निरन्तर उपचारपछि स्वास्थ्य सुधारात्मक बन्दै गएको अस्पताल परिवारले बताएको छ ।




मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका अनुसार मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि खत्रीलाई अस्पताल भर्ना गरिएको हो । उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि बस्नेतको घरमा गएको तर आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि षडयन्त्र भएको दाबी गर्दै आएकी छन् ।




विमला माथि बस्नेतको श्रीमती र छोरीमाथि हातपात गरेको आरोप छ ।















