Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पूर्वमन्त्री अफताब आलमको बिरोधमा गलत समाचार सम्प्रेषण गरेको भन्दै नयाँ पत्रिका जलाइयो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १ | मध्यान्ह ०९:०३ बजे

रौतहट । जिल्ला कारागार कार्यालय रौतहटमा बन्दी जीवन विताई रहेका पुर्व मन्त्री मोहमद महताब आलमको विषयमा काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकलाई जलाएर आलम समर्थकहरुले विरोध जनाएका छन् ।

नेकपा एमालेका नेता किरण साहको भनाइमा लागेर गलत समाचार प्रकाशन गरेको भन्दै आलमका समर्थकहरुले बुधवार सदरमुकाम गौरमा पत्रिका जलाएर विरोध गरेको हो । २०६४ साल चैत्र २७ गते पहिलो संविधान सभाको निर्वाचनको मतदानको पुर्व सन्ध्यामा राजपुर फरहदवामा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम जिल्ला कारागार कार्यालयमा रहेका छन्

arkhala ads

घटनाका मुख्य योजनाकार भनिएका पुर्व मन्त्री मोहमद आफताव आलम पनि कारागारमा बन्दी जीवन विताइरहेका छन् । जिल्ला कारागार कार्यालय गौरमा रहेका आलमलाई जेल भित्रै हत्या गराउने योजना बनाउदै गरेका एमाले नेता किरण साहको बारेमा लेख्नुको साटो नयाँ पत्रिकाले उल्टो समाचार सम्प्रेषण गरेर मानसिक तनाव दिएको भनाई आलम पक्षधरहरुको रहेको छ । किरण साहले आलमको हत्या गर्नको लागि कारागार भित्र रहेका छोटेलाल साहलाई सुपारी दिएको कुरो बाहिरिए पनि स्थानीय प्रसाशनले साहलाई नियन्त्रणमा लिएर कार्यवाही गर्न नसकेको आरोप लागेका छन् ।

अपराधिक षड्यन्त्र गर्ने साहलाई कानुनी कार्यवाही नगरिए स्थानीय प्रसाशनको विरुद्ध चर्को आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । कारागार भित्र पनि असुरक्षित रहेको र मेरो हत्याको योजना बनाउने किरण साह र छोटेलाल साह माथि कानुनी कार्यवाहीको माग गर्दै आलमले कारागारबाट नै जिल्ला प्रहरी कार्यालयमा दुवै जना माथि उजुरी दिएका छन् ।

घटनाको बारेमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved