Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अमेरिकासँग नेपाल ३९ रनले पराजित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २ | बिहान ०६:०३ बजे

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकाका भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग ३९ रनको हार ब्यहोरेको छ । बिहीबार बिहान सम्पन्न भएको खेलमा २ सय ४६ रनको लक्ष्य पाएको नेपाली टोली १४ बल खेल्न बाँकी रहँदा २ सय ६ रनमा समेटिएको हो।

नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६, कुशल भुर्तेलले १० र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए। आरिफ र सोमपालबीच छैटौँ विकेटका लागि सतकीय साझेदारी भएपनि नेपालले हार टार्न सकेन। ९३ रन जोड्दा ५ विकेट गुमाएको नेपालले छैटौँ विकेटका लागि एक सय ६ रनको साझेदारी गरेको हो। एक सय ९९ रन जोड्दा नेपालको उक्त साझेदारी तोडिएको थियो।

arkhala ads

४५औँ ओभरको चौथो बलमा सौरभ नेत्रभल्करले आरिफलाई आउट गरेपछि नेपाल संकटमा परेको थियो। नेपालल‍े ७ रनका लागि अन्तिम पाँच विकेट गुमाएको थियो। आदिल खान ४, करन केसीले १ रन बनाएभने सन्दीप लामिछानेले खाता खोल्न सकेनन्।

अमेरिकाका नेत्रभल्कर र अलि खानले तीन तीन विकेट लिए। त्यसअघि टस हारेपछि ब्याटिङको जिम्मा पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो। अमेरिकाको पालीमा गजानन्द सिंहले ५८, सुशान्त मदानीले ५४, आरोन जोन्सले ४३ र सैतेजा मक्कामल्लले ३६ रन बनाए। ८ रन जोड्दा दुई विकेट गुमाएको अमेरिकाले तेस्रो विकेटका लागि ८८ र पाचौँ विकेटका लागि ८५ रनको साझेदारी गरेको थियो।

नेपालका करनले ३, सन्दीपले २ तथा सोमपाल र दीपेन्द्रले एक एक विकेट हात पारेका थिए। नेपाल १६ खेलबाट १५ अंक जोडेर तालिकाको पाचौँ स्थानमा छ। २४ खेलबाट २३ अंक भएको अमेरिका चौथोमा छ। ३६ खेलबाट ओमानको ४४, स्कटल्यान्डको २० खेलबाट २८ र यूएईको २२ खेलबाट २६ अंक रहेको छ।

नामिबियाको १४ खेलबाट १४ र पीएनजीको २० खेलबाट २ अंक छ। नेपालले प्रतियोगिताअन्तर्गत आगामी जुलाई स्कटल्यान्डमा अर्को त्रिकोणात्मक शृंखला खेल्दै छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved