Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

टेलिभिजन छाडेर राजनीतिमा होमिदै रबि लामिछाने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं, असार २ । टेलिभिजन प्रस्तोता तथा चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन् । ग्यालेक्सी फोर के टेलिभिजनमा प्रसारित ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन् ।

उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबार बिदाइ गरेका छन् । लामिछानेले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ । यद्यपि उनले कहाँबाट र कुन राजनीतिक दलबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पारेका छैनन् । उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोच नरहेको पनि बताएका छन् ।

arkhala ads

उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी गरेको बताएका छन् । न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित बनेका लामिछाने पछिल्लो समय आफ्नो समेत लगानी रहेको ग्यालेक्सी टिभीमा सक्रिय थिए । त्यहाँ पनि उनले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

सिधा कुरामा उनको बिहीबारको एपिसोड अन्तिम रहने र त्यसपछि उनले सहकर्मीलाई आफ्नो कार्यक्रम हस्तान्तरण गर्ने बताइएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved