रुपन्देही, असार २ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पतालबाट डिस्चार्ज भएकी छिन् । मंगलबार राति करिब १२ बजे बेहोस भएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गराइएकी वली बिहीबार डिस्चार्ज भएकी हुन् ।




दाङमा वाईसीएल नेता एकराज बस्नेतको घर पुगेर एकराज आफ्नो प्रेमी भएको भन्दै श्रीमती र छोरी कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीको दबाबमा बुटवल ल्याइएको थियो । सोही दिन बिहोस भएर उनलाई अस्पतालमा भर्ना गरिएकोमा अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिएका छन् ।




पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधि सेवन गर्नेगरी डिस्चार्ज गरिएको डा. ढकालले जानकारी दिए । वली यतिबेला बुटवलस्थित निवासमा बसेको उनी निकट स्रोतले जनाएको छ ।















