Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

छपकैया हुदै ब्यापक तस्करी, द्वय प्रहरी मौन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २ | मध्यान्ह ०८:०३ बजे

पर्सा, २ असार । बिरगंजको छपकैया नाका हुदै ब्यापक तस्करी बढेपनि द्वय प्रहरी निकाय मुखदर्शक बनेका छन । शान्ति सुरक्षाको साथ साथै सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले तस्करी धन्दा मौलाउदै गएपनि मुखदर्शक बन्न पुगेको हो ।

भारतको रक्सौलबाट मालसमान खरिद गरि नेपाल भित्रयाउन प्रहरीले नै सहयोग गर्ने गरेको कारण तस्कर समुह सजिलै आफ्नो सन्जाल फैलाउन सफल भएका छन । तस्कर समुहका मुख्य नाइकेको रूपमा चिनिने जितु, बभन, हरिन्द्र, पशुपति नामकहरूले प्रहरीकै सहयोगमा अबैध कारोबारलाइ तिब्रता दिएको बुझिन्छ । निस्पठ अन्ध्यारोमा तस्कर समुहको लस्करै लाग्ने गरेको गुनासो स्थानीयको रहेको छ । स्थानीयका अनुसार ति तस्कर समुह प्रहरीलाइ मासिक नजराना बुझाए पश्चात रातभरि आफ्नो तस्करी धन्दा सुचारू गर्ने गरेको बताए । राति ९ बजे पश्चात बिहानको ५ बजेसम्म तस्करीको लाइन चल्ने गरेको गुनासो स्थानीयले गरेका छन ।

arkhala ads

शान्ति सुरक्षाको निम्ति खटिएका तथा निर्माण भएका सीमा प्रहरी चौकि छपकैयाका प्रमुख प्रहरी नायब निरीक्षक बिनोद काफ्ले र सीमा सुरक्षाको साथै चोरि तस्करी नियन्त्रण गर्नको निम्ति स्थापना भएको बोर्डर आउट पोस्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अगम राइले आफ्नो वर्दिको फाइदा उठाउदै नाकालाइ कमाइ खाने भाडोको रूपमा परिणत गरेको प्रहरी श्रोतले जनाएको छ । श्रोतका अनुसार दुबै प्रमुखले आफ्नो पावर माथिल्लो निकायसम्म रहेकै कारण आफुलाइ केहि हुन नसक्ने बताउदै नाकाबाट तस्करीको लाइन नै खोलिएको बताए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले यस बारे आफुलाइ केहि जानकारी नभएको र भएको पाए प्रहरी चौकि प्रमुखलाइ कारवाहिको दायरामा ल्याउने बताउनु भयो । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले सादा पोशाकमा टोलि परिचालन गर्न नसकिने भएपनि गणबाट टोलि परिचालन गरि यस बिषयमा बुझने बताउनु भयो । उहाले तस्करी गराएको पाए आफ्नो माथिल्लो निकायलाइ खबर गरि कारवाहि गराउनबाट पछि नहटने बताउनु भयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved