गुल्मी । गुल्मीका एक शिक्षक ३ कक्षामा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।




रुरुक्षेत्र गाउँपालिका– ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । ती शिक्षकमाथि कक्षा ३ मा अध्ययनरत विद्यार्थीउपर विद्यालय समयमै यौनजन्य अस्वाभाविक कार्य गरेको आरोप अभिभावकले लगाएका छन् ।



















