Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुटवल – पाल्पा सिद्धबाबाको वैकल्पिक सडक : २० करोड बजेट सकियो, काम अझै अलपत्र

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ३ | मध्यान्ह ०१:०३ बजे

बुटवल । सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो ।

यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाएपनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो । जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न करोडौं रकम खर्चिएको छ । २०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपियाँ छुट्टयाएको थियो ।

arkhala ads

त्यस्तै पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपियाँसम्म बिनियोजन गरेका थिए । जिल्ला समन्वय समिति पाल्पाले ट्रायाक खोल्ने बेलामा नै एक करोड छुट्टयाएको थियो । चुरे क्षेत्रको संभाव्यता अध्ययनबिना सडक खन्दा, बजेट कम विनियोजन हुँदा र चुरेमा सडक बनाउने तरिका नमिल्दा पाँच वर्ष बित्न लाग्दा वैकल्पिक सडक नै अलपत्र परेको हो ।

महाभारत श्रृंखला र चुरे पहाडमा सडक निर्माणका क्रममा संभाव्यता अध्ययनविना राजनीतिक दाउपेचको आधारमा एकाएक सडक निर्माण कार्यको सुरुवात गरिए पनि कमजोर भूबनोटका कारण पाँच वर्षको अवधिमा निर्माण कार्य पूरा हुन नसकेको हो । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा यो सडकका लागि सात करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ । यो बजेट कामका हिसाबले निकै कम रहेको प्राविधिकहरु बताउँछन् ।

तर, सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको जोखिमयुक्त खण्डको वैकल्पिक मार्गको रुपमा निर्माणाधीन धागो कारखाना–चरङ्गे–झुम्सा सडकमा आवश्यक पर्ने पुल पुलेसा निर्माण तथा अन्य कार्य सम्पन्न गरी यातायात सञ्चालनयोग्य बनाउने कुरा प्रदेश सरकारले यसपटक पनि बजेट पुस्तिकामा समेटेको छ । भूगर्भविदको सुझावका कारण मुढाबास खण्डको साढे चार किलोमिटर स्थायी संरचना निर्माण कार्य यस वर्षका लागि रोकिएको रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर ललित न्यौपानेले बताए ।

हालसम्म रुपन्देही खण्डको १३ किलोमिटर खण्डमा सडक, पुल, कल्भर्ट निर्माणका क्रममा २० करोड रुपियाँ खर्च भएको छ । मुढाबास खण्डमा अर्को वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुनेछ । ‘मुख्य समस्या नै यहाँ पहिरोको हो, त्यसैले कहिले सम्पन्न हुन्छ, यकिन भन्न सकिंदैन,’ न्यौपानेले भने । चरङ्गेदेखि साढे आठ किलोमिटर सडक भने राम्रो छ । यसमा ग्राभेलको काम पनि सकिएको छ । ‘समस्या भनेको साढे चार किलोमिटरको हो,’ न्यौपानेले भने ।

सडक कार्यालय पाल्पाका प्रमुख अरुणकुमार गुप्ताका अनुसार पाल्पा खण्डमा पुल, कल्भर्ट र सडक ग्राभेल गर्दासम्म १० करोड ११ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । झुम्सा चौकीभञ्ज्याङ चरङ्गे वैकल्पिक मार्गको लम्बाई करिव २० किलोमिटर छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved