Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बजेटमाथि लुम्बिनी प्रदेशमा छलफल सुरु : हचुवामा बजेट ल्याएको बिपक्षको आरोप

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार ४, शनिबार ०७:०९ बजे प्रकाशित

बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल सुरु भएको छ। आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको हो।

प्रदेशसभामा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु गर्दै सरकारले ल्याएको बजेटले प्रदेशको समृद्धिमा टेवा पुग्ने बताए।

arkhala ads

शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै आन्तरिक आम्दानी बढाउने लक्ष्य बजेटमा राखिएको उनले जानकारी दिए। विकासलाई नमुनाका रूपमा अघि बढाउने र आर्थिक वृद्धिदर ७.७ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको उनको भनाइ छ। मन्त्री खड्काले सामाजिक सुधार अभियानलाई प्राथमिकता दिँदै रोजगारीको अवसर बढाएर समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी बनाउने दृढता बोकेको बताए।

छलफलमा विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सरकारले हचुवा पारामा बजेट ल्याएको आरोप लगाए। उनले आन्तरिक आम्दानीको स्रोत अनुमानमा आन्तरिक ऋण लिइने भनेर १ अर्ब राखेको भन्दै कानुन नबनी ऋण लिन नपाइने कुरा अर्थमन्त्रीले नबुझेकामा आश्चर्य प्रकट गरे। ‘यो हिसाब जोड्दै जाँदा बाँकी रहेको १ अर्बलाई ऋण उठाउने भनेर लेखेजस्तो, केटाकेटी खेलेजस्तो छ,’ पूर्वअर्थमन्त्रीसमेत रहेका चौधरीले भने, ‘बिनाअध्ययन र तथ्यबिना बजेट ल्याइएको छ।’

उनले बजेटमा क्रमागत योजनालाई प्राथमिकता नदिइएको दाबी गरे। कुनै पनि योजना र अध्ययनबिना साना योजना ल्याइएकाले त्यसले सरकारको काम नदेखिने उनको भनाइ छ। प्रदेशसभामा सांसदहरू रमा अर्याल, तुल्सी चौधरी, भोजप्रसाद श्रेष्ठ, बैजनाथ कलवारले बजेट कार्यान्वयनमा जोड दिए।

शुक्रबार नै बसेको अर्को बैठकले आर्थिक वर्ष २०७९/८० सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्चन र विनियोजन गर्न बनेको विधेयक प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बजेट खर्चको प्रस्तावमाथि मन्त्रालय छलफल भने असार १० गतेबाट सुरु हुनेछ। अर्को बैठक असार १० गते शुक्रबार बिहान ११ बजे बस्ने सभामुख पूर्ण घर्तीले जानकारी दिए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved