Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

घरमा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ४ | बिहान ११:०३ बजे

गोरखा, असार ४ । गोरखामा आगलागीबाट एक वृद्धाको मृत्यु भएको छ । गएराति शहिदलखन गाउँपालिका – ७ स्थित तिवारी टोलको एक घरमा आगलागी हुँदा स्थानीय ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

जलेर शरीरको तीन प्रतिशत भागमात्रै बाँकी रहेको खनालले बताए । उनका अनुसार घटना गएराति ११ देखि १२ बजेको बीचमा भएको आशंका छ । घटनाबारे शनिबार बिहान मात्रै थाहा भएको हो । प्रहरीलाई पनि बिहान साढे ७ बजे मात्रै खबर गरेको प्रहरी उपरीक्षक खनालले बताए ।

arkhala ads

‘घर जंगलको बीचमा छ । त्यस घरलाई अन्य घरबाट नदेखिने रहेछ,’ प्रहरी उपरीक्षक खनालले भने ‘ग्यास लिक भएर आगलागी भएको जस्तो देखिन्छ । शरीरको ३ प्रतिशत भाग मात्रै बाँकी छ ।’ घरमा पनि पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

मृतक वस्ती सो घरमा एक्लै बस्दै आएका थिए । उनका छोरा नजिकै खाप्ली भन्ने ठाउँमा पसल थापेर बसेका छन् । बिहान उनी गाइ वस्तु हेर्न घर आएको बेलामा मात्रै घर जलेको अवस्थामा देखेको प्रहरी उपरीक्षक खनालले बताए ।

प्रहरीले वृद्धा महिलाको शवलाई पोष्टमर्टमको लागि जिल्ला अस्पताल गोरखा पठाइएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved