चितवन, असार ४ । सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा दिउँसो करिब ११:३५ बजेको समयमा सडकको माथिबाट सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।




प्रवक्ता अधिकारीका अनुसार बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।



















