Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

औपचारिक भ्रमणको लागि प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ४ | मध्यान्ह १२:०३ बजे

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनान प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा लेवनाल प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपि कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका छन् ।

प्रधानसेनापति शर्मा द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन लेवनान भ्रमण गर्न लागेको जंगी अड्डाले जनाएको छ ।

arkhala ads

शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युनएनएफआइएल मिसन र त्यसपछि सिरिया स्थित युएनडिओएफको निरीक्षण भ्रमण गरी उक्त मिसनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने छन् । भ्रमणको क्रममा प्रधानसेनापति शर्माले लेवनान, सिरिया, युनएनएफआइएल मिसन र युएनडिओएफ का उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनलाई आज लेवनानका सरकारी अधिकारीहरुले स्वागत गर्नेछ । त्यसपछि लेवनानी सेनाको एक टुकडीद्वारा उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी रक्षा सचिवसहित सात सदस्यीय सहितको टोली असार १० गते स्वदेश फिर्ता हुने सेनाले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved