चितवन, असार ४ । नारायणगढ–मुग्लिन सडकखण्ड सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।




शनिबार बेलुकी ५ः४० मा पहिरो पन्छाएर बाटो खुलाइएकोमा पुनः पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ ।




नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा बिहान ११:३५ मा खसेको सुख्खा पहिरो बेलुकी ५ः४० बजे पन्छाएर बाटो खुलाइएको थियो । पहिरो खसेसँगै सडक पुन: अवरुद्ध भएको छ ।















