चितवन । राति दुई बसेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा काठमाण्डौबाट धनगडीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसको सहचालक खोलामा झरेर बेपत्ता भएको छ ।




उनी कैलाली गोदावरी नगरपालिका बस्ने बर्ष ३५ का तेजबहादुर बोहरा रहेको प्रहरीले बताएको छ । बोहरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।बसको ढोकाबाट झरेर चाउचाउ किन्न भनेर निस्किएका बोहोरा खहरे चिप्लिएर खोलामा झरेको र खोलामा एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ ।




अहिले बोहोराको खोजीका लागि शसस्त्र प्रहरीको बिपद ब्यावस्थापन तालिम शिक्षालय कुरिनटारको टोली मगाईएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो ६ घण्टा पहिरोले सो सडक खण्ड अवरुद्ध भएपछि अहिलेसम्म सवारी चापका कारण सडक अस्तव्यस्त बनेको छ ।















