रुपन्देही, असार ५ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।




गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा परी निधन भएकाले गाँउपालिकाभर सार्वजनिक विदा दिइएको हो ।




शोकमा गाउँपालिका लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजि विद्यालयहरु तथा अन्य संघसंस्थाहरु समेत बन्द रहने अध्यक्ष गयाप्रसाद बरईद्वारा जारी सूचनामा उल्लेख छ ।
















