Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने निर्णय

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार ६, सोमबार ०८:०६ बजे प्रकाशित

काठमाडौं । विवादित अमेरिकी स्टेट पार्टनसिप प्रोगाम (एसपीपी) को बारेमा छलफल गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि समितिले प्रधानमन्त्री देउवालाई अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ ।

समिति सभापति पवित्रा निरौला खरेलले समितिको निर्णय सुनाउँदै भन्नुभयो– ‘प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम क्षणमा सचिवालयमार्फत् उपस्थित नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’ समितिले एसपीपीको बारेमा छलफल गर्न बोलाए पनि अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

arkhala ads

प्रधानमन्त्री अनुपस्थित भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले आपत्ति जनाएका थिए भने नेपाली कांग्रेसका सांसदले बचाउ गरेका थिए । सिंहदरबारमा बसेको समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएसँगै समितिकी सभापति खरेलले प्रधानमन्त्रीको हर्कतले समितिको अपमान भएको बताउनुभएको थियो । कांग्रेस सांसद पुष्पा भुसाल प्रतिरक्षामा उभिएपछि सभापति निरौलाले समयमै खबर नगर्नु भनेको अपमान नै हो भन्दै भुसालको प्रतिवाद गर्नुभएको थियो । उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीले अनुपस्थित हुने जानकारी गराएको खण्डमा आज बैठक नै राखिने थिएन ।’

भुसालले भने भ्रमण तय भएपछि आउँछु भन्नुभएको जानकारी गराउनुभएको थियो । समिति सभापति निरौलाले ‘अपमानित’ शब्द प्रयोग गरेकोमा कांग्रेसका सांसद भुसाल र दिव्यमणि राजभण्डारीले आपत्ति जनाउनुभएको थियो । बैठकमा कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले भने समिति सभापतिको निर्णयप्रति असहमति जनाएका छन् ।समितिको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा समितिका सदस्य माधवकुमार नेपाल प्रधानमन्त्री अनुपस्थित भएसँगै बैठकबाट बाहिरिनुभएको थियो । यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई बोलाएर संसदीय समितिले एसपीपीको विषयमा छलफल गरेको थियो ।

बैठकमा एमाले सांसद भीम रावलले प्रधानमन्त्रीको अनुपस्थितिबारे टिप्पणी गर्दै ‘संसद्मा पनि विरोधका बीच एमसीसी पास भएको र यहाँ हल्लाका बीच पारित भयो भनेर अन्यथा लिनु नपर्ने बताउनुभयो । समितिकै सदस्यहरूबीच वादविवाद भएपछि सभापति खरेलले बैठक सकिएको घोषणा गर्नुभएको थियो । नेपाल समाचारपत्रबाट साभार

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved