Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सप्तरीमा भेटिए अर्का मिटरब्याजी : कञ्चनरूपकी सरिता ठाकुरबाट पीडित तीन महिला

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ६ | बिहान ०८:०३ बजे

सप्तरी । सप्तरीमा रामदेव साह तेलीपछि चर्को मिटर ब्याजमा ऋण लगाउँदै सर्वसाधारणको उठिवास लगाउने अर्का साहुकार फेला परेका छन् । उनी हुन्, कञ्चनरूप नगरपालिका–५, रामपुरकी सरिता ठाकुर । उनले अहिलेसम्म दर्जनौँ विपन्न स्थानीयलाई ऋण दिएर चर्को मिटर ब्याज असुल गरिरहेको खुलेको छ ।

कञ्चनरूप नगरपालिका–५, रामपुरकी २५ वर्षीया सम्झनाकुमारी सरदारले घरायसी कामका लागि ०७३ माघमा सरिता ठाकुरसँग ३० हजार ऋण लिइन् । तर, उनले ५६ हजार रुपैयाँ चुक्ता गर्दासमेत मुक्ति पाइनन् । ठाकुरले ३० हजारको एक लाख ४० हजारको तमसुक बनाएको अहिले आएर थाहा पाएको उनको भनाइ छ । ‘ऋण लिएको वर्षदिन नपुग्दै पहिलोपटक ५० हजार र दोस्रोपटक पाँच हजार गरी ५५ हजार चुक्ता गरेँ । ऋण चुक्ता गरेदेखि तमसुक माग्दा किन चिन्ता गर्छौ भन्दै दिन मानिनन् । अहिले आएर दुःख दिने गरिएको छ,’ सम्झनाले आइतबार पत्रकारहरूसँग भनिन् ।

arkhala ads

रामपुरकी सुनीता सदाले १ असोज ०७३ मा छोरालाई विदेश पठाउन सरिता ठाकुरसँग ६० हजार ऋण लिइन् । तर, उनले ६० हजारको तीन लाख ८० हजार चुक्ता गर्दासमेत छुटकारा पाइनन् । उनीविरुद्ध मिटरब्याजी ठाकुरले सप्तरी जिल्ला अदालतमा मुद्दा हालिन् । आफूमाथि ठाकुरले लाखौँ रकम असुल गरेर पनि जेल हाल्ने प्रपञ्च रचेको भन्दै सदा सदरमुकाम राजविराज आइपुगेकी छन् । आफू अन्यायमा परेको भन्दै सदाले पत्रकारलाई गुहारेकी छन् ।

नेपाल पत्रकार महासंघ सप्तरीमा आइतबार पत्रकारसँग कुराकानी गर्दै सदाले मिटरब्याजी ठाकुरले अन्याय गरेको बताइन् । ‘छोरालाई विदेश पठाउन पैसा कमी भएपछि ठाकुरसँग ६० हजार ऋण लिएँ,’ उनले भनिन्, ‘मेरो निरक्षरताको फाइदा उठाउँदै तीन लाखको तमसुक बनाइएको रहेछ । ६० हजारको तीन लाख ८० हजार चुक्ता गर्दासमेत थप तीन लाख ८७ हजार पाँच सय ८६ रुपैयाँ मागेर तनाव दिने गरेको छ ।’

सदाले ऋण लिएको एक महिना नपुग्दै ठाकुरलाई ५० हजार फर्काएको, एक महिनापछि ८० हजार गरी पटक–पटक दुई लाख ३० हजार बुझाएको बताइन् । ‘कागजात माग्दा अहिले भेटिएन खोजेर दिन्छु भन्दै दिन आलटाल गरिन्,’ उनले थपिन्, ‘ऋण चुक्ता भयो भनी ढुक्क भएँ, तर ठाकुरले प्रहरीमा उजुरी दिई फेरि एक लाख ५० हजार दिन दबाब दिइन् ।’

विदेशमा भएको छोरा अक्षय सदालाई भनेर ठाकुरले मागेजति पैसा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जम्मा गरेको उनको भनाइ छ । तर, तमसुक उपलब्ध गराउन माग गर्दासमेत उनले दिन नमानेको सदाले पत्रकार सम्मेलनमा बताइन् । ‘एकपटक अदालतबाट खटिएका कर्मचारीले घरमा सूचना टाँस गरेर गएछ,’ उनले भनिन्, ‘ठाकुरले भनेजति सबै रकम बुझाएकाले सूचनाप्रति हाम्रो ध्यान गएन, पछि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि छक्क परेँ ।’

मिटरब्याजी ठाकुरपीडित सुनीतादेवी सरदारको पीडा पनि कम छैन । घरखर्च चलाउन उनले ०७३ माघमा ठाकुरसँग ६० हजार ऋण लिइन् । तर, ३० हजार चुक्ता गर्दासमेत उक्त रकम ऋणबाट कट्टा नगरेको उनले दुखेसो पोखिन् । तिर्न बाँकी रहेको ३० हजारको तमसुक एक लाख ५१ हजारको बनाएर ठाकुरले अदालतमा मुद्दा दर्ता गरेको र अदालतले सूचना जारी गरेपछि मात्र थाहा पाएको उनले बताइन् ।

मिटरब्याजी सरिता ठाकुरले भने आफूले दिएको ऋण उठाउन पटक–पटक ताकेता गर्दा पनि कुनै सीप नचलेपछि अदालतमा मुद्दा दर्ता गरेको बताइन् । तर, उनले कसलाई कति ऋण दिएको र तमसुक कतिको बनाएको भन्नेबारे केही खुलाउन चाहिनन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रामकुमार यादवले यस सम्बन्धमा कुनै जानकारी नआएको बताए । ‘मिटर ब्याजमा पैसा लगाउने सम्बन्धमा कुनै जानकारी आएको छैन, के–कसो भइरहेको छ बुझ्दै छु,’ उनले भने । नयाँ पत्रीकाबाट साभार

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved