ताप्लेजुङ, असार ६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ५ चाक्सिबोटेस्थित एक घरमा आगलागी भएको छ ।




वडा कार्यालय समेत भाडामा रहेको स्थानीय मानबहादुर राईको घरमा आगलागी हुँदा ९ लाख ५० हजार रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार वडा कार्यालयको करिब ६ लाख ५० हजार रुपैयाँ र राईको ३ लाख रुपैयाँ क्षति भएको हो ।




वडा कार्यालयको ल्यापटप, प्रिन्टर, फर्निचर साथै अन्य महत्वपूर्ण कागजातहरु समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साढे १० बजेतिर विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको भनाइ छ ।















