Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कपिलवस्तुको विजयनगर गाउँपालिकाद्वारा ४१५ जना छात्रालाई निःशुल्क साइकल बितरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ८ | मध्यान्ह ०४:०३ बजे

धर्मेन्द्र कुमार कुर्मी
विजयनगर । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण गरेको छ । विजयनगरका कक्षा ९ र ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको हो ।

तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत पालिकामा रहेका विद्यालयका कक्षा ९ र ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो ।

arkhala ads

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिला सशक्त भए मात्र पालिकाको विकास सम्भव रहेको दोहोर्‍याउँदै थापाले भने, ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ ।’ शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए ।

त्यसतै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा पालिकालाइलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो । यसअघि पनि २०७७/०७८ मा विजयनगरका ९ र ११कक्षाका विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20261101-WA0004

मौलाकालिका मन्दिर जाने बाटो तथा केबलकार परिसरमा...

  • २०८३ कार्तिक १५ | मध्यान्ह १२:०७ बजे
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved