Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मायण सर्किट जोड्ने रेल आज दिउँसो जनकपुरधाम आउदै, मुख्यमन्त्री राउतले स्वागत गर्ने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ९ | बिहान ०७:०३ बजे

जनकपुरधाम । आज जनकपुरधाम आउन लागेको भारत- नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’लाई मधेसका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने भएका छन् । रेल मंगलबार साँझ करिब ७ बजे नयाँ दिल्लीबाट जनकपुरधामका लागि छुटेको थियो ।

उक्त रेल आज जनकपुरधाम आइपुग्नेछ । जनकपुरधामस्थित रेल्वे स्टेशनमा मुख्यमन्त्री राउतले दिउँसो १ बजे भव्य स्वागत गर्नेछन् । स्वागत समारोहमा उपस्थितिका लागि जनकपुरधामबासीलाई अपिल गरिएको छ । भारतका केन्द्रीय पर्यटन, संस्कृति मन्त्री किशन रेड्डी र रेल मन्त्री अश्विनी वैष्णवले हरियो झण्डा देखाएपछि दिल्ली स्टेशनबाट जनकपुरधामका लागि छुटेको थियो । सयौं पर्यटक बोकेको उक्त रेल तेस्रो दिन जनकपुरधाम आइपुग्नेछ ।

arkhala ads

रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधाममा अवस्थित धार्मिक क्षेत्रलाई जोड्नेछ ।

रेलमा १४ बोगी (डिब्बा) छन् । केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामग्री देख्न सकिन्छ । ६ नम्बर डिब्बामा राम-जानकी मन्दिर निर्माण गरिएको छ ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो । अयोध्याका राम स्वयंवरका लागि जनकपुर आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको छ ।

‘रामायण सर्किटअन्तर्गत जनकपुर र अयोध्याको सम्बन्ध अझ प्रगाढ र आत्मीय बन्ने विश्वास छ । जनकपुर- अयोध्या दूरी ६ सय ५० किलोमिटर छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved