सप्तरी, असार ९ । सप्तरीमा बिहीबार बिहान यात्रुबाहक बस पल्टिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।




विराटनगरबाट भिमानतर्फ जाँदै गरेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बस सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका – १ स्थित भारदह–कोसी ब्यारेज खण्डमा बिहीबार बिहान पल्टिँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।




बस ओभरटेक गर्ने क्रममा सडकभन्दा तल पल्टेर दुर्घटना भएको थियो । घटनापछि स्थानीय र सुरक्षाकर्मीहरुले घाइते यात्रुहरुलाई उद्धार गरेपनि एक जना ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा घाइते भएका ११ जनाको भारदह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।















