Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

काठमाडौको बूढानीलकण्ठमा एक महिला मृत फेला, हत्याको आशंका

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ९ | मध्यान्ह ०१:०३ बजे

काठमाडौं, असार ९ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८, भंगालमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

बूढानीलकण्ठ–३ घर भएकी ४० वर्षीय फूलमाया सुनारको भंगालस्थित एक निर्माणाधीन घरमा शव फेला परेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

arkhala ads

प्रहरीका अनुसार अनुसन्धानका लागि बागलुङका लक्ष्मीनारायण केसीलाई पक्राउ गरिएको छ । पक्राउ परेका केसी सोही निर्माणाधीन घरको चौकीदार हुन् । फूलमायाको शव हिजो मध्याह्न २ बजेतिर घरको भुइँतलामा भेटिएको थियो ।

उनी केही समयअघि सोही निर्माणाधीन घरमा काम गरेको र बीचमा छाडेर फेरि कामको खोजीमा हिजो नै त्यहाँ पुगेको बताइएको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान जारी रहेको र पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी प्रमेश विष्टले बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved