Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पर्सा जिल्लाको अमरपर्टृी नाका बन्यो तस्करहरुको अखडा, स्थानीय प्रहरी प्रशासन मौन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १० | मध्यान्ह ०३:०३ बजे

पर्सा, १० असार । पर्सा जिल्लाको ग्रामिण भेग अमरपर्टृी नाका हुदै व्यापक रुपमा तस्करी बढेपनि स्थानीय प्रंहरी प्रशासन मुखदर्शक बन्न बाहेक केही गर्न सकेका छैन्न । तस्कर समुहले स्थानीय प्रहरी प्रशासनलाई मोटो रकमको नजराना बुझाएकै कारण तस्कर समुहले तस्करी कार्यलाई तिब्रता दिएका हुन ।

शान्ति सुरक्षाको साथै सीमा स्तम्भ लगायत सीमाबाट हुने अवैध कृयाकलापको जिम्मा पाएका सुरक्षाकर्मीहरुकै मिलोमतोमा तस्करी बढ्नुले संगठनको नीति निर्देशन माथि नै प्रश्न चिन्ह खडा भएको छ । नेपाली नागरिक सुरक्षाको जिम्मा पाएका नेपाल प्रहरी र सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीले तस्कर समुह सग मासिक रुपमा मोटो रकमको नजराना बुझ्ने गरेको परम्परा चल्दै आएको कारण अमरपर्टृी नाका तस्करहरुको अखडामा रुपान्तरण हुन थालिएको हो ।

arkhala ads

प्रहरी चौकी अमरपर्टृीको क्षेत्रबाट प्रहरीहरुकै सामुनेबाट खुल्लेयाम तस्करीहरु भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरी चौकीका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरिक्षक सम्मर गुरुङले तस्करहरु सँग महिनवारी लिएकै कारण निर्वाध रुपमा तस्करी भईरहेको स्थानियहरुले गुनासो गरेका छन् । प्रहरी चौकीका ईन्चार्जले महिनाको १ लाख देखि ५ लाखसम्म तस्करहरुबाट महिनवारी बुझदै आएको स्रोतको दाबी रहेको छ ।

रातीको करिब १० बजे देखि बिहान ४ बजेसम्म सो क्षेत्रबाट निर्वाध रुपमा तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ । सो क्षेत्रबाट तस्करीका साथ साथै अवैध लोकल मदिरा भट्टिहरु पनि सञ्चालन भईरहेको समाचार स्रोतले जनाएको छ । सो क्षेत्रमा करिब आधा दर्जन मदिराभट्टिहरुबाट पनि प्रहरी चौकीका ईन्चार्ज गुरुङलाई महिनवारी आईरहेको सो चौकीमै कार्यरत्त एक प्रहरीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

प्रहरी चौकी अमरपर्टृी र स्थानीय बिओपी ईटियाहीको मिलोमतो व्यापक रुपमा तस्करी बढेको पाइन्छ । रातिको समयमा तस्कर समुहहरुको लस्करै लाग्ने गरेको समेत स्थानीयले दुखेसो पोखेका छन । स्थानीयका अनुसार जनताको सुरक्षा प्रहरीले गरिरहेको बारे झुटयाउदै, प्रहरीले मात्र तस्कर समुहको सुरक्षा गर्ने गरेको दुखेसो पोखे । केही घटना घट्दा प्रहरी घटना स्थलमा आउन अबेला गर्छन तर तस्करीको समयमा आफ्नो भाग बन्डा मिलाउन समयमै नाकामा पुग्ने गरेको दुखेसो स्थानीयले यस अनलाइन समक्ष पोखे । स्थानीयले प्रहरी जनताको सेवक हो की तस्करको भन्दै प्रश्ण समेत गरे ? प्रहरीले तस्कर समुहको सुरक्षा गरेकै कारण दर्जनौ तस्कर समुह अमरपर्टृीमा सकृय भएको समेत दावी गरे ।
केही दिनदेखी बढ्दै गएको तस्करीको बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले आफ्नो मातहातमा पर्ने कुनैपनि प्रहरी चौकीका प्रमुख तस्करी कार्य अथवा तस्कर संगठन संग सहकार्य गरेको बिषयमा फेला परे कारवाही गर्नबाट पछि नहट्ने बताउनु भएको छ । उहाले यस अनलाइन संग कुरा गर्दै तस्करी बिषयमा बुझने र कारवाही प्रकृया अगाडी बढाउने बताउनु भएको हो ।

यता सशस्त्र प्रहरी बल नेपालले तस्करीको कार्य पूर्ण रुपले बन्द रहेको ठोकुवा गरिरहेकै बेला तस्करी कार्य मौलाइरहेको बिषयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले आफ्नो संगठनको नीति निर्देशन विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताउनु भएको छ । अमरपर्टृी नाकाको बिषयमा छानबिन गरिने र तस्कर समुहलाई सहयोग पुरयाउने आफ्नो मातहातका प्रहरीलाई कारवाही गरिने बताउनु भयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved