Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आर्थिक संकटको मिलेर सामना गरौं : गृहमन्त्री

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १० | मध्यान्ह ०७:०३ बजे

भैरहवा । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ।

लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका ३७ वटा जिल्ला तथा नगर बाणिज्य संघहरु १ सय ३१ एसोसिएट गरी करिब ३ सय जनाको सहभागीता रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आर्थिक समस्या र सरकारको असहयोगको विषय उठान गरेका थिए । सभामा बोल्ने उद्योगी व्यवसायीहरुले अहिले देशमा देखिएको आर्थिक समस्या ईतिहासकै सबैभन्दा ठूलो समस्या भएको बताए।

arkhala ads

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले अहिले आर्थिक गतिविधि सुस्त रहेको जिकिर गर्दै यस्तो अवस्थामा ८ प्रतिशत विकास वृद्धि दर राखेर आएको बजेट निजि क्षेत्रले विश्वास गर्न नसकेको बताए। उनले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको कारण बहुपक्षिय समस्या निम्त्याएको बताए। सरकारद्वारा एकै प्रकृतिको उद्योगमा अलग अलग करको दर कायम गरेको, कच्चा पदार्थमा अन्तःशुल्क असुल गरेको लगायतको आरोप लगाउँदै सरकारले आर्थिक अवश्था सुधारको पक्षमा लाग्न आग्रह गरेका थिए।

कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेश भित्र रहेका उद्योगी ब्यवसायीलाई जिम्मेवार र उत्तरदायीत्व सहितको व्यवसाय गर्न उत्प्रेरित गरिने बताए। उनले प्रदेशलाई आर्थिक, सांस्कृतिकरुपमा समुन्नत बनाउन ब्यवसायी तत्पर रहेको र यस अभियानलाई सफल पार्न केन्द्र, प्रदेश र स्थानीय सरकार र निजि क्षेत्रबीच हातेमालो आवश्यक रहेको औल्याए।भालाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको अर्थतन्त्रको गम्भिर अवस्था पार लगाउन सबै हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए।

संकटको समयमा उद्योगी व्यवसायीहरुले पनि सरकारलाई सहयोग गर्नु पर्ने उनले जिकिर गरे । सरकार र यसका निकायहरु संचालनका लागि रकमको आवश्यकता पर्ने र उक्त रकम राजश्व जस्ता श्रोतबाट आउने भएकोले अहिलेको जटिल अवस्थामा सरकारलाई सहयोग गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved