Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भरतपुर महानगरपालिकाको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार १०, शुक्रबार ०७:३० बजे प्रकाशित

चितवन, असार १० । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ बढाएको छ । अघिल्लो आर्थिक बर्षभन्दा ९३ करोड २९ लाख ९१ हजार बराबरको बजेट बढाएको हो ।

महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षका लागि ४ अर्व ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बिनियोजन गरिएको थियो । महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तन्तरण, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँड जनसहभागिता लगायतका शिर्षकमा बजेट बढाएको छ ।

arkhala ads

यसपटक आन्तरिक आय ३० करोड बृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण आगामी बर्ष १४ करोड ७० लाख १७ रुपैयाँले बृद्धि हुने अनुमान गरिएको छ । महानगरका उप–प्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक आय १ अर्व ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान छ ।

जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्व ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड आउने प्रक्षेपण गरिएको छ । महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरुका लागि १ अर्व ३० करोड बजेट विनियोजन गरेको छ ।

महानगरका २९ वटा वडालाई सम्वन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको छ । ठूला र रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको स्रोतसँग समपुरक साझेदारी कोष स्थापना गर्न ६ करोड, मुख्य शहरी क्षेत्रमा ढल निर्माण, विद्युतिय बस खरिद, सार्वजनिक शौचालय निर्माण, ओभर हेड ब्रिज, परियोजना बैंक निर्माण, लगायतका अन्य पूर्वाधारका लागि २८ करोड, कृषि तथा पशु विकासका लागि १५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved