Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगर भित्र पानीपुरी बेच्न रोक

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १२ | मध्यान्ह १२:०३ बजे

काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि सडकमा पानीपुरी बेच्न रोक लगाएको छ । हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न रोक लगाएको हो ।

आजदेखि नगर प्रहरीले माइकिङ गर्दै सडक र गल्लीमा पानीपुरी बेच्न रोक लगाएको छ । ‘हामी आज महानगर भित्रका हरेक सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी बेच्न रोक लगाएका छौ’, नगर प्रहरी प्रमुख सिताराम हाथेछुले भने, ‘भोलिदेखि पनि कसैले सडकमा पानीपुरी, चटपटे बिक्री गरिएको पाइए नियन्त्रणमा लिनेछौ ।’

arkhala ads

उनले सडक पेटी, खुला ठाउँमा बिक्री हुने पानीपुरीबाट रोग फैलिने सम्भावना अति उच्च हुने भएकाले हटाउन थालिएको बताए । यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने र दिनै पर्ने भएमा चेकजाँच गरेर मात्र बेच्न दिने नगर प्रहरी प्रमुख हाथेछुले जानकारी दिए ।

यसअघि काठमाडौंको बागबजारमा पानीपुरीको पानीबाट हैजा फैलिएको स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको थियो । हैजा फैलिएर महामारीको रुप लिन सक्ने भन्दै महानगरले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved