Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पटेर्वा सुगौलीमा व्यापक भ्रष्टाचार, अधिकृत यादव मालामाल, अख्तियार मौन, सचेत नागरिक आश्चर्यमा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार १२, आईतवार ०१:०४ बजे प्रकाशित

वीरगंज १२ असार । पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा व्यापक भ्रष्टाचार गरेको आरोप सहदै मालामाल भए तापनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौन बस्दा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

कमिशनको मामिलामा चर्चा कमाईसकेका अधिकृत यादवले भौतिक निर्माणको कार्यमा ३० प्रतिशत र सामाजिक विकासको कार्यमा ४० प्रतिशत असुल्ने गरेको स्रोतको भनाई रहेको छ । बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती निवासी अधिकृत यादवको पैतृक सम्पति करिब १८ कठ्ठा जग्गा रहेको बताईएको छ । त्यसमा उनी चार दाजुभाई छन् । अधिकृत यादवले सरकारी सेवामा प्रवेश गरे देखि हालसम्म करोडौ करोड कमिशन असुली आफ्न्तहरुको नाममा ठाउँ–ठाउँमा जग्गा किनेको स्रोतले जनाएको छ ।

arkhala ads

अधिकृत यादवले आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित आय व्यय बजेटमा मसलन्द तथा कार्यालय सामग्रीको लागि १५ लाख रुपैया बिनियोजन गरिएकोमा सो बजेटमा करिब ५ लाखको सामग्री खरिद गरी बाकी रकम कागजी मिलान गरिएको कार्यालय स्रोतले जनाएको छ । त्यसैगरी गहुँविउ तिवरण (५० प्रतिशत अनुदानमा) १० लाख बजेट बिनियोजन गरिएकोमा त्यसमा नक्कली बिल भर्पाई खडा गरेर सो रकम दम्पच गरेको बताईएको छ । भ्रमण खर्चमा १२ लाख बिनियोजन गरिएकोमा त्यसमा अनावश्यक बिल भर्पाई खडा गरेर कागजी मिलान गरी सो रकम पनि दम्पच गरेको जनाईएको छ । औषधी खरिद कार्यमा १५ लाख रकम बिनियोजन गरिएकोमा त्यसमा करिब ५ लाखको म्याद अवधि कम भएका औषधी खरिद गरि बाकी रकम कागजी मिलान गरी दम्पच गरेको बताईएको छ ।

कृषि पोल तार विस्तार शिर्षकमा २५ लाख बिनियोजन गरिएकोमा सो शिर्षकलाई अनियमित्त तरीकाले खर्च गरी व्यापक भ्रष्टाचार गरेको कर्मचारी स्रोतको भनाई रहेको छ । विविध खर्चमा १० लाख रकम बिनियोजन भएकोमा सो शिर्षकमा पनि कागजी मिलान गर्दै नक्कली बिल भर्पाई खडा गरी हजम गरेका अधिकृत यादवले अख्तियार देखि सामान्य प्रशासन मन्त्रालयसम्म हाम्रो सेटिङ छ भनी ठाउँ–ठाउँमा भन्ने गरेको स्रोतले जनाएको छ ।

भ्रष्टाचारको मामिलामा निडर कहलिएका अधिकृत यादव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा विभिन्न खाले शंका उपशंका उब्जिएको स्थानियवासीहरुले बताउन थालेका छन् ।

२०७९ असार १२ गते यस अनलाईनमा प्रकाशित पटेर्वा सुगौलीको समाचारमा आर्थिक वर्ष २०७८/०७९ हुनु पर्नेमा आर्थिक वर्ष २०७७/०७८ हुन गएको, गहुँ विउ वितरण (५० प्रतिशत अनुदानमा) २ लाख ५० हजार रुपैया हुनु पर्नेमा १० लाख हुन गएको र कृषि पोल तार बिस्तारको कार्य सम्पन्न नभए पनि समाचारमा अनियमित्त तरीकाले खर्च गरेको भुलवस प्रकाशित हुन गएकोमा सच्याईएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved