सोलुखुम्बु । सोलुखुम्बुमा वैवाहिक करणीको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा जिल्ला घर भई सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका पत्रकार रहेका छन ।




उनलाई वैवाहिक करणीको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको हो । पत्रकारमाथि श्रीमतीलाई पटक पटक यातनना दिइएर करणी गरेको आरोप श्रीमतीले जाहेरी परेकोले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुनीलजंग शाहले बताए ।




उनलाई गत शुक्रबार सदरमुकाम सल्लेरीबाट पक्राउ परेका थिए । आज जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाइएको छ । तर, आरोपित पत्रकारले भने झुटो आरोपमा आफ्नी श्रीमतीले फसाउन खोजिएको दाबी गरेको छ ।















