Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आर्मी टिम च्याम्पियन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार १३, सोमबार ०७:४८ बजे प्रकाशित

काठमाडौ । नेपाल आर्मी १८ स्वर्ण, १२ रजत र ५ कांस्यसहित कुल ५ पदक जित्दै आइतबार ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगितामा अर्को विभागीय टिम एपीएफ ९ स्वर्ण, ६ रजत ८ कांस्यसहित कुल २३ पदक हात पार्दै दोस्रोमा रह्यो । वाग्मती प्रदेश ३ स्वर्ण, २ रजत र ६ कांस्यसहित कुल ११ पदक प्राप्त गर्दै तेस्रो भयो । पुलिसले ३ रजत र ४ कांस्य हात पार्‍यो । सात प्रदेश र तीन विभागीय टिमले ३२ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । विभागीय टिमबाहिरका खेलाडीले स्वर्ण जित्न सकेनन् ।

arkhala ads

प्रतियोगितामा पुरुषतर्फ एपीएफका शिवराज पार्की र महिलातर्फ आर्मीकी जयरानी थारूले उत्कृष्ट खेलाडीको पुरस्कार हात पारे । शिवराजले ३ स्वर्ण र १ रजत जिते भने जयरानीले २ राष्ट्रिय कीर्तिमानीसहित ४ स्वर्ण र १ रजत जितिन् । प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान बने र त्यसमा जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाइन् ।

अर्को कीर्तिमान आर्मीका जीवन थारूले पुरुष १ सय १० मिटर हर्डल्समा बनाएका थिए । जीवनले २ स्वर्ण र २ रजत पदक हात पारे । नेपाल एथलेटिक्स संघद्वारा आयोजित प्रतियोगितामा प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार पुरस्कार दिइयो ।

दशरथ रंगशालामा सम्पन्न तीनदिने प्रतियोगितामा दस टिमका २ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved